![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नेप्सेमा उच्च वृद्धि भए पनि निर्धारित समय भन्दा तीन घण्टा अघि नै नेप्से बन्द भएको छ । आज कारोवार खुलेको छ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेटको लागि नेप्से बन्द भएको थियो ।
सो पश्चात बजार खुुलेपनि बजार खुुलेको पहिलो मिनेटमा उच्च भएपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । सो पश्चात १२ बजेर आठ मिनेटमा बजार खुुलेपनि उच्च अंकले बढेपछि पुरै दिनको लागि कारोवार बन्द भएको छ ।
नेप्से आज १२ बजेर आठ मिनेट जाँदा ८४ दशमलव २६ अंकले बढेर १४ सय ७९ दशमलव तीन अंंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ३९ अंकले बढेर तीन सय १२ दशमलव ४४ अंकमा पुुगेको छ । सोही आधारमा आज एक सय ११ कम्पनहिरुको छ सय ६३ वटा कारोवारमा एक लाख ८० हजार पाँच सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम छ करोड २५ लाख ६६ हजार दुुई सय ९३ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष बाहेक सबै समुहको कारोवार सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ८८ दशमलव ८७ अंकले बढेको छ भने बिकास बैंक समुहको ६३ दसमलव १३ अंकले बढेको छ । यसैगरी निर्जिवन बीमा बीमा, जीवन बीमा जलबिद्युुत, फाईनान्स, लघुुबित्त, अन्य लगायतका समुहको सुचक पनि उच्च अंकले बढेकाछन् ।