’टिच फर नेपाल’लाई हिमालयन बैंकद्वारा पाँच लाख सहयोग

 अर्थबुलेटिन संवाददाता   ४ सावन, २०७७



काठमाडौं । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।  ग्रामिण क्षेत्रका समुदायिक र सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न सहयोग गरेको बैंकले बताएको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई दिएका हुन् ।

टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा दुुई सय ७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजार भन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेकोे छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation