ह्वात्तै घट्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   ५ सावन, २०७७



काठमाडौं । तिब्र उतारचढावका बिच आज सोमबार नेप्से १४ दशमलव नौ अंकले घटेर १४ सय ६४ दशमलव ९४ अंंकमा पुगेको छ । सेन्सिटिभ पनि दुुई दशमलव ८४ अंकले घटेर तीन सय नौ दशमलव ६० अंकमा पुुगेको छ । एक सय ८१ कम्पनीहरुको ३३ हजार चार सय ३३ वटा कारोवारमा ७० लाख १२ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब ८० करोड २२ लाख ३३ हजार सात सय १५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दशमलव १४ अंकले बढेर १२ सय ८६ अंकमा पुगेको छ भने विकास बैंक, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

जलबिद्युुत समुहको सुचक भने आज १२ दशमलव ४५ अंकले घटेर एक हजार दशमलव एक अंकमा पुुगेको छ । यसैगरी लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा युनाईटेड फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा गुुराँस लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनएमबि बैंक परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation