ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायीलाई कर्जा उपलब्ध गराउने

 अर्थबुलेटिन संवाददाता   ५ सावन, २०७७



काठमाडौं ।  ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशमतमा व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा  उपलब्ध गराउने भएको छ ।

बैंकले, कोरोना (कोभिड–१९) ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमैकर्जा प्रवाह गर्न लागेको हो । कर्जा लिन चाहने ग्राहकहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहक महानुभावहरुले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट योसुविधा उपभोग गर्न सक्नेछन । यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु.१५ लाख देखि देखि रु. १ करोड सम्म कर्जा उपलब्ध गराइने छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation