महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त

 अर्थबुलेटिन संवाददाता   ५ सावन, २०७७




काठमाडौं । महालक्ष्मी विकास बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत  सागर शर्मा  प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त भएका छन् । साउन २ बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई  रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबार मार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका नियुक्त कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवाप्रदानगर्न सदा तत्पर रहने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरी उनले  बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह समेत गरे ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation