

२९ बैशाख, २०८२ | 12 May, 2025
काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से १४ दशमलव ९९ अंंकले घटेर १४ सय ४९ दशमलव ९४ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि दुुई दशमलव ५६ अंकले घटेर तीन सय सात दशमलव पाँच अंकमा पुुगेको छ ।
एक सय ८५ कम्पनीहरुको २६ हजार छ सय ४१ वटा कारोवारमा ४९ लाख ७६ हजार चार सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ८७ करोड २२ लाख २० हजार चार सय ४७ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २० दशमलव ७५ अंकले घटेर १२ सय ६५ दशमलव २५ अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक पनि १३ दशमलव तीन अंकले घटेर १८ सय ३८ दशमलव ५१ अंकमा पुुगेको छ ।
जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन् । ट्रेडिङ, होटल, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।