कान्ती बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

 अर्थबुलेटिन संवाददाता   ६ सावन, २०७७



काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाडौंस्थित कान्ती बाल अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।

उक्त मेशिन मर्मत संभार गर्न बैंकले १ लाख ४२ हजार ९ सय ४५ रुपैयां प्रदान गरेको छ । बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुुन ।

बैंकका तथा अस्पतालका अन्य कर्मचारीहरु पनि सो कार्यक्रममा उपस्थित रहेको बैंकले जानकारी दिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation