२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको चौथो कारोवार दिन बुुधबार नेप्से १७ दशमलव पाँच अंकले घटेर १४ सय ३२ दशमलव ४४ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव नौ अंकले घटेर तीन सय तीन दशमलव १४ अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ८३ कम्पनीहरुको ३८ हजार नौ सय ३८ वटा कारोवारमा ३५ लाख ८६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ५३ करोड २५ लाख ११ हजार सात सय १६ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र सामुहिक लगानी कोष बाहेक बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव ५१ अंकले घटेर १२ सय ४३ दशमलव ७४ अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक तीन दशमलव ८३ अंकले घटेर १८ सय ३४ दशमलव ६९ अंकमा पुुगेको छ ।
जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओरन्टल होटल समुह परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल सेवा लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज एन आईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ ।