कर्साङ लामा र प्रश्ना लामाको ’जुनी जुनी’ बोलको गीत बजारमा

 अर्थबुलेटिन संवाददाता   ७ सावन, २०७७



काठमाडौं । गायक एवम् संगीतकार कर्साङ लामा र गायीका प्रश्ना लामाको आवाजमा रहेको ’जुनी जुनी’ बोलको गीत बजारमा आएको छ । अनलाइन प्रेस मिट मार्फत सो गीत रिलिज गरेका हुन् ।

गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन,स्वर र मिक्सिङ रहेको छ भने गायीका प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन ।

गंगा राम राइले छायांकन गरेको उक्त भिडियोलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन ।

उक्त भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, लक्षु प्रकाश मल्ल, अमिर दोङ, बाबु जिम्बा, टेकेन्द्र कार्की,कमल फुयाँल, हेरुका लामा,प्रश्ना लामा, जेम्स तामाङ,बिक्रम पौडेल, आकाश तामाङ,विवेक लोप्चन, बल बहादुर खालिङ लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation