सिद्धि स्मृति प्रतिष्ठानलाई हिमालयन बैंकद्वारा सहयोग

 अर्थबुलेटिन संवाददाता   ८ सावन, २०७७



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आप्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ ।

बैंकले प्रतिष्ठानलाई  पाँच लाख मूल्य बराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र १५  किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको हो ।  साथै बैंकले १ लाख ५७ हजार ६३५ मूल्य बराबरको १०००० थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ ।

वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । प्रतिष्ठानमार्फत अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ । 

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका प्रतिष्ठानलाई एक समारोहका बीच सामग्री हस्तान्तरण गरेको बैकले जानकारी दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation