२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से १० दशमलव १३ अंकले बढेर १४ सय ४२ दशमलव ६१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७४ अंकले बढेर तीन सय तीन दशमलव ९० अंकमा पुुगेको छ ।
आज एक सय ८७ कम्पनीहरुको २८ हजार छ सय ४९ वटा कारोवारमा ३३ लाख ९२ हजार नौ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार दुुई सय १८ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा विकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक तीन अंकले बढेर १२ सय ४६ दशमलव ७३ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक छ दशमलव ६२ अंकले बढेर नौ सय ७२ दशमलव १५ अंकमा पुुगेको छ ।
निर्जिवन बीमा, जीवन बीमा, ट्रडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुृहको सुचक पनि बढेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा तारागाउँ रेजिडेन्सी होटल परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।