उद्योग वाणिज्य महासंघको बार्षिक साधारण सभा स्थगित

 अर्थबुलेटिन संवाददाता   ८ सावन, २०७७



काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा स्थगित भएको छ । महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज महासंघ सचिवालयमा महासंघको पदाधिकारी समिति बैठकले बार्षिक साधारण सभा स्थगन भएको निर्णय गरेको हो ।

महासंघका पूर्व अध्यक्षहरू एवम् पदाधिकारीहरू सम्मिलित बैठकमा २०७७ साउन २६ र २७ गते काठमाडौंमा आयोजना गर्ने भनि तय गरिएको महासंघको ५४ औं वार्षिक साधारण सभाका विषयमा गम्भिर छलफल भई कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमवारको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनैपनि प्रकारको सभा/सम्मेलन/भेला आयोजना गर्न प्रतिवन्ध लगाएको निर्णय समेतलाई आधारमानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारण सभा सरकारले सभा/सम्मेलन/भेला गर्ने स्वीकृति दिएको १५ दिन भित्र आयोजना गर्ने जानकारी दिएको हो ।


बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्व अध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation