एभरेष्ट बैंकले ल्यायो ‘चाडपर्व विशेष कर्जा योजना’

 अर्थबुलेटिन संवाददाता   ९ सावन, २०७७



काठमाडौं । एभरेष्ट बैंकले चाडपर्व बिशेष कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै ‘चाडपर्व विशेष कर्जा योजना’ ल्याएको हो । बैंकका अनुसार यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागी ‘साना तथा मझौला उद्योग कर्जा,  आफ्नै सवारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रयोजनको लागि “व्यक्तिगत कर्जा”, योजना ल्याएको छ । .

यहि आउदो श्रावण १५ देखि कार्तिक १४ सम्म  लागु हुने यस कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिशतमा साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशतमा गाडी कर्जा ९.५५ प्रतिशतमा मोटरसाइकल कर्जा १०.५५ प्रतिशतमा तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिशत व्यानमा उपलब्ध हुुने छ ।

यस चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क शुन्य दशमलव ५० प्रतिशत मात्र हुुनका साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लोन स्वाप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुुने छ । यो योजनामा सहभागी ग्राहकलाई क्रेडिट कार्डमा ५० प्रतिशत छुट हुने बैंकले जानकारी दिएको छ ।

बैकले हाल सबै क्षेत्रमा गरी ९५ वटा शाखा, एक सय २४ वटा एटिएम, ३१ वटा राजश्व संकलन केन्द्र रहेको छ । बैंकमा ११ लाखभन्दा बढी सन्तुुष्ट ग्राहक रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation