३३ करोडको साधारण सेयर निष्काशन गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

 अर्थबुलेटिन संवाददाता   ९ सावन, २०७७




काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले यही साउन १६ गतेबाट ३३ करोड ९८ लाख ४६ हजार छ सय रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको कुुल सेयर मध्येमा पाँच प्रतिशत अर्थात एक लाख ६९ हजार नौ सय दुुई कित्ता सामुुहिक लगानी कोषको लागि, दुुई प्रतिशत अर्थात ६७ हजार नौ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याईएको छ । यि बाहेकको बाँकी ३१ लाख ६० हजार एक सय ८३ कित्ता सेयर भने सर्वसाधारणको लागि छुट्याईएको छ ।

सेयर खरिदको लागि सर्वसाधारणहरुले न्युुनतम १० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन । हाल अधिकृत पुंजी पाँच अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुंजी भने एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुंजी ७९ करोड २८ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ पुुग्ने छ । साधारण सेयरको बिक्री कार्य छिटोमा साउन २१ गते तथा ढिलोमा भदौ तीन गते बन्द हुुने कम्पनीले जनााएको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation