![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से २२ दशमलव चार अंकले बढेर १४ सय ६५ दशमलव १० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले बढेर तीन सय सात दशमलव ५३ अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ९० कम्पनीहरुको ३२ हजार आठ सय ३६ वटा कारोवारमा ४५ लाख छ सय तीन कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ९४ करोड २६ लाख ७९ हजार तीन सय ८० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल, जलबिद्युुत र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी नौ वटा समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १६ दशमलव पाँच अंकले बढेर १२ सय ६३ दशमलव २३ अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक चार दशमलव ७३ अंंकले बढेर १८ सय ३५ दशमलव ७६ अंकमा पुुगेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मिर्मिरे माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ बढी गुमाउने कम्पनीको सुचीमा पहिलो बेष्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।