नेप्सेमा सामान्य गिरावट

 अर्थबुलेटिन संवाददाता   १२ सावन, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से आज दुुई दशमलव ६२ अंकले घटेर १४ सय ६२ दशमलव ६८ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव २२ अंकले घटेर तीन सय सात दशमलव ३१ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८७ कम्पनीहरुको २८ हजार चार सय ९५ वटा कारोवारमा ४२ लाख ५७ हजार एक सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलव २५ अंकले घटेर १२ सय ६१ दशमलव ९८ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि दुुई दशमलव ५९ अंकले घटेर नौ सय ६७ दसमलव ३६ अंकमा पुुगेको छ ।

निर्जिवन बीमा, जीवन बीमा, ट्रेन्डिङ, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । विकास बैंक, लघुुबित्त, उत्पादनमुुलक र अन्य समुहको सुचक भने बढेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation