माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयकोषबीच सहकार्य

 अर्थबुलेटिन संवाददाता   १३ सावन, २०७७



काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयकोषबीच सम्झौता भएको छ । सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्न सक्ने गर्ने गरी बैंकले उक्त सम्झौता गरेको हो ।

सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चयकोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चयकोषका ऋणीहरूले कनेक्ट आइपीएस अनलाइन पोर्टलमा लगइन गरेपश्चात् गभर्मेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।

यो व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation