नेप्सेमा झण्डै ८ अंकको गिरावट

 अर्थबुलेटिन संवाददाता   १३ सावन, २०७७



काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार पनि नेप्से घटेको छ । नेप्से आज सात दशमलव ५९ अंकले घटेर १४ सय ५४ दशमलव ६७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले घटेर तीन सय पाँच दशमलव ६७ अंकमा पुुगेको छ ।

एक सय ८५ कम्पनीहरुको २१ हजार आठ सय पाँच वटा कारोवारमा ३२ लाख ४७ हजार ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब २५ करोड ९७ लाख ५१ हजार पाँच सय ५७ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेर बाँकी समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ७२ अंकले घटेर १२ सय ५५ दशमलव २६ अंकमा पुुगेकोमा विकास बैंक समुहको सुचक पनि १२ दशमलव तीन अंकले घटेर १८ सय २७ दशमलव ६५ अंकमा पुुगेको छ ।

जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा एनआईसी एशिया व्यालेन्स फण्ड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation