नेप्सेका सुचक पुरै रातो

 अर्थबुलेटिन संवाददाता   १४ सावन, २०७७



काठमाडौं । साताको चौंथो कारोवार दिन बुुधबार नेप्से २३ दशमलव ३६ अंकले घटेर १४ सय ३१ दशमलव ५२ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि पाँच दशमलव १८ अंकले घटेर तीन सय दशमलव ४९ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८७ कम्पनीहरुको २४ हजार दुुई सय २४ वटा कारोवारमा ३८ लाख ३९ हजार छ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा  कारोवार रकम एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २१ दसमलव ७६ अंकले घटेर १२ सय ३३ दशमलव ४९ अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक २१ दशमलव ५५ अंकले घटेर १८ सय छ दशमलव १० अंकमा पुुगेको छ ।

जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा युनियन हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा जनउत्थान सामुुदायिक लघुुबित्त संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation