सिद्धार्थ बैंकको साना तथा मझौला कर्जा योजना सञ्चालनमा

 अर्थबुलेटिन संवाददाता   १४ सावन, २०७७



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले नौ दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन । 

कोभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस नारा सहित यो योजना ल्याएको छ ।

सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको छ । यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation