नेप्सेमा सामान्य सुधार

 अर्थबुलेटिन संवाददाता   १५ सावन, २०७७



काठमाडौं । नेप्सेमा सामान्य अंकले सुधार आएको छ । नेप्से आज बिहिबार सात दशमलव ५३ अंकले बढेर १४ सय ३९ दशमलव सात अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४६ अंकले बढेर तीन सय दशमलव पाँच अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८९ कम्पनीहरुको २१ हजार आठ सय १८ वटा कारोवारमा ३४ लाख ३० हजार पाँच सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ३२ करोड दुुई लाख ६६ हजार छ सय ७८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव तीन अंकले बढेर १२ सय ३८ दशमलव ५३ अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक पनि शुन्य दशमलव ९२ अंकले बढेर १८ सय सात दशमलव तीन अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि क्रमश बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको खानीखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा घोडाघोडी लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation