बैंक तथा बित्तीय संस्थाहरुमा २६ करोड संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   १६ सावन, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैकले बैंक तथा बित्तीय संस्थाहरुमा २६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ  राष्ट्र बैंकका अनुसार दुुई सय ७२ दिने मुुद्धती निक्षेपकोरुपमा पेन्सन तथा उपदान कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा राख्न लागिएको हो ।

यसरी राखिने रकमको अवधि २०७७ भदौ एक गते देखि बिसं २०७८ जेठ एक गतेसम्म रहेको छ । रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुले यही साउन १९ गते दिउँसो चार बजेभित्र आवेदन दिनुु पर्ने छ । लगानी गरिने कुुल रकम मध्येमा वाणिज्य बैंकको लागि २० करोड ८० लाख, विकास बैंकहरुको लागि तीन करोड ९० लाख र फाईनान्स कम्पनीहरुको एक करोड ३० लाख रुपैयाँ छुट्याएको छ ।

रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation