![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ९८ लाख ४६ हजार छ सय रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले आज शुुक्रबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
निष्काशन तथा बिक्री प्रर्वन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको बिक्री खुल्ला गरेको कुुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात एक लाख ६९ हजार नौ सय दुुई कित्ता सामुुहिक लगानी कोषको लागि, दुुई प्रतिसत अर्थात ६७ हजार नौ सय ६१ कित्ता कर्मचारीहरुको लागि र बाँकी ३१ लाख ६० हजार एक सय ८३ कित्ता सेयर भने सर्वसाधारणको लागि छुट्याईएको छ ।
सेयर खरिदको लागि सर्वसाधारणहरुले न्युुनतम १० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन । अधिकृत पुंजी पाँच अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुंजी भने एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुंजी ७९ करोड २८ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ पुुग्ने छ । साधारण सेयरको बिक्री कार्य छिटोमा साउन २१ गते तथा ढिलोमा भदौ तीन गते बन्द हुुने छ ।