साताको पहिलो कारोवारमै नेप्सेमा भिषण पहिरो

 अर्थबुलेटिन संवाददाता   १८ सावन, २०७७



काठमाडौं । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्से ४२ दशमलव ७८ अंकले घटेर १३ सय ९६ दशमलव २८ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि आज आठ दशमलव १८ अंकले घटेर दुुई सय ९२ दशमलव ७७ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८९ कम्पनीहरुको २७ हजार आठ सय ६० वटा कारोवारमा ४६ लाख ६१ हजार छ सय आठ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ८४ करोड १२ लाख ४२ हजार तीन सय ३२ रुपैयाँ पुुगेको छ ।   नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।

सो मध्ये वाणिज्य बैंक समुहको सुचक ४१ दशमलव ४८ अंकले घटेर ११ सय ९७ दशमलव चार अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक१४ दशमलव ४१ अंकले घटेर नौ सय ५४ दशमलव ५० अंकमा पुुगेको छ ।

विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा,  ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।  
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा आरम्भ चौतारी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation