श्यामसुन्दर शर्मा मुक्तिनाथ विकास बैंकमा स्वतन्त्र सञ्चालक नियुक्त

 अर्थबुलेटिन संवाददाता   १८ सावन, २०७७



काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । शर्मासँग नेपाल सरकारको उच्चपदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेको अनुभव रहेको छ ।

व्यवस्थापन विज्ञकोरुपमा समेत परिचित शर्माले विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएकाछन् । उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिस्टे«सन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिस्टे«शन विषयमा स्नातकोत्तर तह र सर्रे विश्व विद्यालय, बेलायतबाट, टुरिजम म्यानेजमेन्ट बिषयम अध्ययन गरेकाछन ।

बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation