उदयपुर जिल्ला अदालत परिसरमा ग्लोबल आइएमई बैंकको एटिएम सञ्चालन

 अर्थबुलेटिन संवाददाता   १९ सावन, २०७७



काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । यो नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ ।

उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका माननिय न्यायधीशद्वय दिपक खनाल र मनोज के.सी.ले संयुक्तरुपमा उद्घाटन गरेका हुुन । बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा,३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६वटा एटिएम,२०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क÷प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

कोरोना (कोभिड–१९) ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सदा तत्पर रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation