राष्ट्रिय आविष्कार केन्द्रलाई बैंक अफ काठमाण्डूको कर्मचारी संघद्वारा सहयोग प्रदान

 अर्थबुलेटिन संवाददाता   १९ सावन, २०७७



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग हस्तान्तरण गरेको हो ।

आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहनु भएका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आएको छ । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठद्वारा केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई एक समारोहको बिच उक्त सहयोग हस्तान्तरण गरेका हुुन ।

राष्ट्रिय आविष्कार केन्द्रद्वारा उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरीएको र अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिए ।
बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंक संगै अग्र स्थानमा रही सेवा गरीरहेकोे छ ।


    

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation