आज नेप्सेमा हरियाली, लगानीकर्तामा रौनक

 अर्थबुलेटिन संवाददाता   १९ सावन, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से सात दशमलव ५९ अंकले बढेर १४ सय तीन दशमलव ८६ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले बढेर दुुई सय ९४ दशमलव २४ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ९० कम्पनीहरुको १६ हजार छ सय ६६ वटा कारोवारमा ५३ लाख ४२ हजार आठ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब २९ करोड दुुई लाख ५२ हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेको छ भने नौ वटा समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव पाँच अंकले बढेर १२ सय चार दशमलव नौ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ४६ दशमलव ७१ अंकले बढेर छ हजार तीन सय ९१ दशमलव ६४ अंकमा पुुगेको छ ।

विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् । यि बाहेक जलबिद्युुत, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा दिब्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ । बढी कारोवार गर्ने कम्पनीको सुचीमा भने आज प्रभुु बैंकको संंथापक सेयर परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation