आजबाट प्रभुु बैंकको २० लाख युनिट ऋणपत्रको बिक्री खुल्ला

 अर्थबुलेटिन संवाददाता   १९ सावन, २०७७



काठमाडौं । प्रभुु बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्रको आजबाट बिक्री खुल्ला भएको छ । आज सोमबारबाट बैकको एक हजार रुपैयाँ अंकित मुल्य कायम रहेको २० लाख युनिट ऋणपत्रको बिक्री खुल्ला भएको हो ।

परिपक्व हुुने अवधि आठ बर्ष तोकिएको बार्षिक १० प्रतिशत व्याजदरको प्रभुु बैंक डिवेञ्चर २०८४ को खरिदको लागि सर्वसाधारणहरुले न्युुनतम १० कित्ता देखि अधिकतम तनि लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन ।

बिक्री प्रर्वन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तोकिएको ऋणपत्रको बिक्री अवधि छिटोमा यही साउन २३ गते र ढिलोमा भदौ एक गते बन्द हुुने छ । संस्थापकहरुको ५१ प्रतिसत र सर्वसाधारणको ४९ प्रतिसत सेयर स्वामित्व रहेको बैंकको हाल चुक्ता पुंजी १० अर्ब ३१ करोड ५५ लाख छ हजार छ स २५ रुपैयाँ रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation