मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक

 अर्थबुलेटिन संवाददाता   २० सावन, २०७७



काठमाडौं । एनएमबि बैंक लिमिटेडले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एन आई सी एशिया बैंक  र प्रभु बैंक रहेका छन् ।

२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत रु ४.४८ अर्व रहेको छ जसमध्ये बैकहरुको लगानी कुल रु ३.३२५ अर्वको हुनेछ । यो आयोजनासँग एनएमबि बैक लि.ले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation