ओरालो लयमा नेप्से, लगानीकर्ता चिन्तित

 अर्थबुलेटिन संवाददाता   २१ सावन, २०७७



काठमाडौं । आज बुुधबार नेप्से २१ दशमलव ६१ अंकले घटेर १३ सय ८२ दशमलव २५ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ६१ अंकले घटेर ९६ दशमलव ७३ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ८६ कम्पनीहरुको २० हजार चार सय ६९ वटा कारोवारमा ३४ लाख ४७ हजार सात सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार एक अर्ब २३ करोड ३९ लाख ६३ हजार नौ सय ३४ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये फाईनान्स समुहको सुचक सात दशमलव १७ अंकले घटेर छ सय ४९ दशमलव ५९ अंकमा झरेको छ ।

यि बाहेक वाणिज्य बैंक, होटल, ट्रेडिङ, विकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, अन्य आदिको समुहको कारोवार सुचक पनि घटेर रातै भएको छ । नेप्सेको नियमित कारोवार कक्ष आज ११ः४५ बजे खुुलेर ३ः४५ बजे बन्द भएको थियो ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अरुण खोला जलबिद्युुत आयोजना परेको छ । रकम कारोवारको आधारमा आधारमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation