मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच सहकार्य

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैकको तर्फबाट नेपाल क्रेडिट एण्ड कमर्स बैकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका हुुन  । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुुक, गुुड फर पेमेन्ट चेक अन्तर शाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क प्रदान गर्दै आईरहेको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विनाशुल्क र कम झिक्न सकिने बैंकले जनाएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation