![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहिबार पनि नेप्से घटेको छ । नेप्से आज एक दशमलव २९ अंकले घटेर १३ सय ८१ दशमलव ३७ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६३ अंकले घटेर दुुई सय ८९ दशमलव ५५ अंकमा झरेको छ ।
नेप्सेमा आज एक सय ८६ कम्पनीहरुको २० हजार पाँच सय ४८ वटा कारोवारमा २३ लाख ३७ हजार दुुई सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ९१ करोड ८१ लाख ८९ हजार चार सय ३० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ९३ अंकले घटेर ११ सय ७९ दशमलव ९१ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक चार दशमलव १३ अंकले घटेर नौ सय ४३ दशमलव ८३ अंकमा पुुगेको छ ।
यसैगरी होटल, लघुुबित्त, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । विकास बैंक समुहको सुचक भने आज १० दशमलव चार अंकले बढेर १७ सय ३८ दशमलव ६० अंकमा पुगेको छ भने निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र होटल समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गुराँस लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा महिला सहयात्रा बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।