राष्ट्र बैंकद्वारा नारायणी डेभलपमेन्ट बैंकको कारवाही फुुकुुवा

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकको कारोवार फुुकुुवा गरेको छ । राष्ट्र बैंकले उक्त बैंकको कारवाही फुकुुवा भएको घोषणा गर्दे समस्याग्रस्त बैंकको सुचीबाट हटाएको हो ।

राष्ट्र बैंकले झण्डै छ बर्ष अघि समस्याग्रस्त बैंकको सूचीमा राखेको नारायणीलाई राष्ट्र बैंकको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले समस्याग्रस्त बैंकबाट फुकुवा गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम आज बिहिबार सार्वजनिकरुपमा सुचना जारी गर्दे राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त मुक्त घोषणा गरेको जानकारी दिएको छ । राष्ट्र बैंकले २०७० चैत २७ गते निक्षेप स्वीकार गर्ने, कर्जा लगानी गर्ने, जमानत प्रदान गर्ने लगायतको कारोबार गर्न नपाउने गरी समस्याग्रस्त घोषणा गरेको थियो ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation