एनएमबि बैंक र सिजी डिजीटलबीच द्विपक्षीय समझदारी

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिजी डिजीटलबीच शुन्य प्रतिशत इएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका तर्फबाट प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेकाछन । यस अन्तर्गत एनएमबि काग्राहकहरुले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिना सम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट÷क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ सय सम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation