एनसेल आजीयाटाद्वारा वाइफाइ, टक टाइम र डेटा बन्डल सहित वायर फ्रीप्लस सेवा सुरु

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



काठमाडौं ।  नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहितबिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिनसक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा  पहिलो पटक वायर फ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ ।

कम्पनीले यो सेवाआफ्नो अम्ब्रेलाथिम ‘प्लस’ अन्तर्गत मंगलवार (साउन २०) देखि सुरु गरेको हो । वायरफ्रीप्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिकदुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधि अन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवालिन सक्छन् ।

प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबीडेटार मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक,प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्धहुनेग्राहक सेवा यस वायरफ्रीप्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेका छन् । गतमहिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ्लिन सुरु गरेको थियो ।

वायर फ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभवलिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।”

वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लानलिन सक्छन् । गोल्ड समुहअन्तर्गत ग्राहकले वार्षिक प्लानमामासिकमात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायर फ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्तगर्दछन् ।

त्यस्तै प्लाटिनम समुह अन्तर्गत ग्राहकले मासिकमात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायर फ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमामासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समुहअन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायर फ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजीसिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्तगर्दछन् ।

वायर फ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदालिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथानजिकैको प्रभु रेमिटको काउन्टरबाट पनिबुकिङ गर्न सक्छन् ।

प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्रतिर्नपर्ने ग्राहकशुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहकलिने प्याकेज अनुसार यीप्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग गरि नसकेको वाबाँकी सेवाहरु अर्को नयाँ ३० दिनमाथपहुने अर्थात जोडिने छैन ।
सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशकाविभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस ’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँभएपनि सेवामापहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation