मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच समझदारीपत्रमा हस्ताक्षर

 अर्थबुलेटिन संवाददाता   २३ सावन, २०७७



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि, कमलादी र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमाहाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुुन् ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा इन्टेरियर प्रोडक्ट, ईलेक्ट्रीसिटी, मार्वल, फर्निचर लगायतका सामान तथा डिजार्ईनमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुुक, गुुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विनाशुल्क रकमझिक्न सकिने बैंकले जनाएको छ ।  

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation