सेञ्चुरी कमर्सियल बैंकद्वारा थ्री डि सेक्युअर सेवा प्रारम्भ

 अर्थबुलेटिन संवाददाता   २४ सावन, २०७७



काठमाडौं । आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले आईजिईलेन्ट टेक्नोलोजी ईण्डियासंगको सहकार्यमा थ्री डि सेक्युर सेवा प्रारम्भ गरेको छ ।

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरmबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षितरूपमा सामान खरिद गर्न सकिन्छ ।

थ्री डि सेक्युर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वन टाईम पासर्वड (ओटिपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन्  । थ्री डि सेक्युर सेवा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation