२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से ११ दशमलव तीन अंकले बढेर १३ सय ९२ दशमलव ६८ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४६ अंकले बढेर दुुई सय ९१ दशमलव दुुई अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ८७ कम्पनीहरुको २९ हजार ४३ वटा कारोवारमा ३० लाख ३० हजार तीन सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ९१ करोड १६ लाख ४० हजार सात सय ४० रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव ९२ अंकले बढेर ११ सय ८७ दशमलव ८३ अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक सात दशमलव ६७ अंकले बढेर १७ सय ४६ दशमलव २७ अंकमा पुुगेको छ ।
जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गणपती माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ ।
यसैगरी रकम कारोवारका आधारमा पनि आज अजोड इन्स्योरेन्स कम्पनी नै पहिलो स्थानमा परेको छ ।