दाङको घोराहीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

 अर्थबुलेटिन संवाददाता   २५ सावन, २०७७



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४० औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुुन् ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation