आज नेप्सेमा उछाल, लगानीकर्ता खुशीले दंग

 अर्थबुलेटिन संवाददाता   २६ सावन, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ३७ दशमलव ७४ अंकले बढेर १४ सय ३० दशमलव ४१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६३ अंकले बढेर दुुई सय ९८ दशमलव ६४ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८९ कम्पनीहरुको ३४ हजार छ सय २३ वटा कारोवारमा ४२ लाख ५२ हजार आठ सय आठ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ५५ करोड ५५ लाख १८ हजार नौ सय २३ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ३२ दशमलव ९३ अंकले बढेर १२ सय २० दशमलव ७६ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि २३ दशमलव २३ अंकले बढेर नौ सय ७० दशमलव ११ अंकमा पुुगेको छ ।

विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।  आज बढी कमाउने कम्पनीको सुचीमा स्वदेशी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation