२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको तेस्रो कारोवार दिन आज आईतबार नेप्से घटेको छ । नेप्से आज छ दशमलव ६१ अंकले घटेर १४ सय २३ दशमलव ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३८ अंकले घटेर दुुई सय ९७ दशमलव २७ अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ९० कम्पनीहरुको २५ हजार सात सय ७१ वटा कारोवारमा ३६ लाख ३० हजार आठ सय ४५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब २७ करोड १७ लाख ३८ हजार नौ सय १४ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य अंकले बढेको छ भने बाँकी समुहको सुचक घटेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ५४ अंकले घटेर १२ सय १४ दशमलव २१ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि एक दशमलव चार अंकले घटेर नौ सय ६९ दशमलव आठ अंकमा पुुगेको छ ।
विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।