काठमाडौंको कपनमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा शुभारम्भ

 अर्थबुलेटिन संवाददाता   २९ सावन, २०७७



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवात सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गरेको छ ।

सबैका लागि बैंक भन्ने नारालाई सार्थकता दिँदै बैंकले २० लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दे आएको छ ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation