साताको अन्तिम कारोवार नेप्से ओरालो लयमा

 अर्थबुलेटिन संवाददाता   २९ सावन, २०७७



काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से १६ दशमलव ५३ अंकले घटेर १४ सय आठ दशमलव ७९ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले घटेर दुुई सय ९३ दशमलव ८४ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ९१ वटा कारोवारमा २१ हजार सात सय १४ वटा कारोवारमा ३४ लाख नौ हजार चार सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब सात करोड ४३ लाख सात हजार चार सय ५८ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन् । सो मध्ये पनि वाणिज्य बैंक समुहको सुचक १६ दशमलव तीन अंकले घटेर १२ सय एक दशमलव ७३ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि १० दशमलव ३२ अंकले घटेर नौ सय ५५ दशमलव ४१ अंकमा पुुगेको छ । विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation