माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलोपटक वी च्याट अर्डरको भुक्तानी सेवा सुरु

 अर्थबुलेटिन संवाददाता   ३० सावन, २०७७



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक ध्भ ऋजबत वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दे वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवाशुभारम्भ गरेको हो ।

उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसंग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यानगरि वी च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले फष्र्ट पे टेक्नोलोजी प्रालि संगको सहकार्यमा उक्त वी च्याट वालेट संचालनमा ल्याएको हो ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस पस मेसिनमार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण  बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation