रत्नराज बज्राचार्य ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त

 अर्थबुलेटिन संवाददाता   ३१ सावन, २०७७



काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि बज्राचार्यलाई प्रमख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैकका अनुसार नवनियुक्त प्रमुख कार्यकारी बज्राचार्यको कार्यकाल यही भदौ एक गतेबाट सुरु हुुने छ । सनराइज बैंक भन्दा अगाडि उनी ग्लोबल आइएमइ बैंककै प्रमुख कार्यकारी अधिकृत समेत रहेका बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा करिव ४० वर्षको अनुभव रहेको छ । २० बर्षभन्दा बढी राष्ट्र बैंकमा समेत काम गरिसकेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् ।
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation