![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १७ दशमलव ३३ अंकले घटेर १३ सय ९१ दशमलव ४६ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि चार दशमलव ९८ अंकले घटेर दुुई सय ८८ दशमलव ८६ अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ८५ कम्पनीहरुको २१ हजार छ सय नौ वटा कारोवारमा ४३ लाख ७१ हजार आठ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार एक अर्ब २५ करोड ९३ लाख २० हजार आठ सय ५० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैक समुहको सुचक १९ दशमलव ३६ अंकले घटेर ११ सय ८२ दशमलव ३७ अंकमा पुुगेको छ जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव ७९ अंकले घटेर नौ सय ४९ दशमलव ६२ अंकमा पुुगेको छ ।
विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा स्वदेशी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा आखुुखोला जलबिद्युुत कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल बैंक पहिलो स्थानमा परेको छ ।