२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतवार नेपाल आयल निगमले सूचना जारी गर्दै डिजेल, पेट्रोल र मटीतेलको मूल्य वृद्धि भएको जनाएको हो । पछिल्लो मूल्य अनुसार डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य बढेसँगै डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढेको छैन ।