

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । नबिल बैंकद्वारा नेपाल सरकारको कोरोना भाइरस उपचार कोषलाई ६ करोड रुपैयाँको सहयोग गरेको छ । बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा छ करोड रुपैयाँ हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुुन । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।
उक्त समारोहमा शाहले भने, “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आºना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।”