२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । अघिल्लो दिन १७ अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार भने १० दशमलव ७५ अंकले बढेर १४ सय दुुई दशमलव २१ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव १४ अंकले बढेर दुई सय ९० अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ८४ कम्पनीहरुको १६ हजार सात सय २४ वटा कारोवारमा ३५ लाख ९१ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब सात करोड ४९ लाख ३२ हजार पाँच सय ९७ रुपैयाँको कारोवार भएको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ५९ अंकले बढेर ११ सय ८८ दशमलव ९६ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय ६२ दशमलव १३ अंकले बढेर छ हजार सात सय ६५ दशमलव ४८ अंकमा पुुगेको छ । यसैगरी विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा स्वदेशी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा छयाङदी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक परेको छ ।